१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

होम आइसोलेसनमा बसेका रुपन्देहीका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

होम आइसोलेसनमा बसेका रुपन्देहीका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए ।

योसँगै शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।


प्रकाशित : भाद्र १९, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?