१३२ जना कोरोना संक्रमित आईसीयूमा, १६ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति ?]

भाद्र १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा १ सय ३२ जना कोरोना संक्रमितहरु आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म देशभर १३२ जना आईसीयूमा र १६ जना कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रदेश १ मा ४, प्रदेश २ मा ३८,वाग्मतीमा ७०,गण्डकीमा ३, प्रदेश ५ मा १७  गरी १३२ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् । 

यस्तै,प्रदेश १ मा १, वाग्मती प्रदेशमा १३ र प्रदेश ५ मा २ गरी १६ जना संक्रमितहरु भन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

प्रवक्ता गौतमले १२ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमितहरु रहेका र मुस्ताङ र हुम्लामा भने संक्रमितको संख्या शून्य रहेको बताए । 

नेपालमा हालसम्म कोरोना मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । सोमबार मात्रै ४ पुरुष र ३ महिला गरी ७ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully