२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

१३२ जना कोरोना संक्रमित आईसीयूमा, १६ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति ?]

काठमाडौँ — नेपालमा १ सय ३२ जना कोरोना संक्रमितहरु आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३२ जना कोरोना संक्रमित आईसीयूमा, १६ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति ?]

सोमबारसम्म देशभर १३२ जना आईसीयूमा र १६ जना कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रदेश १ मा ४, प्रदेश २ मा ३८,वाग्मतीमा ७०,गण्डकीमा ३, प्रदेश ५ मा १७ गरी १३२ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

यस्तै,प्रदेश १ मा १, वाग्मती प्रदेशमा १३ र प्रदेश ५ मा २ गरी १६ जना संक्रमितहरु भन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले १२ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमितहरु रहेका र मुस्ताङ र हुम्लामा भने संक्रमितको संख्या शून्य रहेको बताए ।

नेपालमा हालसम्म कोरोना मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । सोमबार मात्रै ४ पुरुष र ३ महिला गरी ७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : भाद्र १५, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?