४ वर्षीया बालिकासहित २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु

भाद्र १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकहरूमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् । 

महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौटहटका ४० वर्षीय , चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully