काठमाडौँ — पछिल्लो २४ घण्टामा ५ सय ८८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित कोभिड-१९ मिडिया ब्रिफिङका क्रममा बताए । ५४ प्रतिशत संक्रमितहरु निको भएको उनले बताए ।
आइतबार मुलुकभर २६७ जना संक्रमित निको भएर घर फर्कँदा नेपालभर कोरोनाबाट निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको थियो ।
यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
सोमबारसम्म नेपालमा पीसीआर विधिबाट ६ लाख ९३ हजार ४७२ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार १२९ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३३७ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८ सय २२ जना रहेको छ ।
