बाँके — नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित एक महिलाको बिहीबार मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा बिहीबार बिहान साढे १० बजे मृत्यु भएको पुष्टि गरेका छन् ।
छाति सम्बन्धी समस्या देखिएपछि भदौ ३ गते ती महिलालाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । अवस्था बिग्रँदै गएपछि उनलाई भदौ ६ गते नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
नेपालगन्ज-७ निवासी ती महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भदौ ६ गते कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसँगै बाँकेमा कोरोनबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
