मिर्गौलाका बिरामीसहित पर्साका थप दुई जना कोरोना संक्रमितको मृत्यु

भाद्र ११, २०७७

भूषण यादव

वीरगन्ज — एक जना मिर्गाैला बिरामीसहित पर्साका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो ।

 चिकित्सकका अनुसार कोरोना मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी बुधबार साँझ साढे ६ बजे नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाए । 

त्यस्तै बिहीबार बिहान बाराकी कोरोना संक्रमित एक जना गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । डा. चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना भाइरस

भूषण

Link copied successfully