तिलोत्तमा, रुपन्देही — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १०:४५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘भर्ना भएको अर्को दिनबाटै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो,’ उनले भने, बिरामीलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या थियो ।’
यसअघि मृतकलाई मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थापाले बताए ।
