२४ घण्टामा १७५ संक्रमित निको भए

भाद्र ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।

सोमबारको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म मुलुकभर १३ हजार ७ सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, मुलुकभर ११ हजार २ सय ७५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताएका छन् ।

सोमबारसम्म मुलुकभर पीसीआर विधिबाट ६ लाख १० हजार ४६९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी, २४ घन्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully