भक्तपुर — कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मिर्गौला पीडितको मृत्यु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
मिर्गौला पीडित ती पुरुषलाई डायलाइसिस गर्न आइतबार बिहान अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
