कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

ललितपुर — पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड-१९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए ।

त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ । ती पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको निर्देशक शाक्यले बताए ।

प्रकाशित : भाद्र ५, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?