रुप्सामा पहिरोले पुरिएर ४ बेपत्ता

भाद्र ३, २०७७

तुलाराम पाण्डे

कालीकोट — बुधबार बिहानको वर्षासँगै नरहरिनाथ ५ रुप्सामा पहिरो खस्दा दुई परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय धने सहकारी र तुले सहकारीको घर पनि बगाएको छ ।

पहिरोमा परि ६० वर्षीय चन्द्र सहकारी, उनकी ३० वर्षीया बुहारी पम्फादेवी सहकारी, स्थानीय ३० वर्षीय भिम सहकारी र उनका ९ वर्षीय छोरा रमित बेपत्ता भएको कालीकोटका डीएसपी श्यामबाबु ओलियाले बताए ।

पहिरोमा बेपत्ता भएकाहरुको स्थानीयले खोजी गरिरहेका छन् । कुमाल गाउँ प्रहरी चौकीबाट बिहानै प्रहरी घटनास्थलतर्फ गएपनि अझै पुगेको छैन । 

सशस्त्र, नेपाली सेना र जनपथ प्रहरीसहित ३१ जना सुरक्षाकर्मीको टोली बुधबार विहान ९ बजे सदरमुकाम मान्मबाट हिँडेको डीएसपी ओलियाले जानकारी दिए । 

रुप्सा खोलासँगैको पहिरोले स्थानीयका ८ वटा भैंसी पनि बगाएको छ ।

बाढी-पहिरो

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully