बाजुरामा पहिरो : दुईको मृत्यु, दुई घाइते 

भाद्र ३, २०७७

वसन्तप्रताप सिंह

बझाङ — मंगलबार राति आएको वर्षापछि बाजुराका विभिन्‍न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन् । 

पहिरोमा परी  बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया  भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की  ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै  खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् । राति सुतेको बेलामा घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए । 

धुपागाढमा बाढी

बुढीनन्दा नगरपालिका वडा नम्बर २ धुपागाढ खोलामा बाढी आएको छ । धुपागाढ खोलामा बाढी आएपछि कोल्टीका स्थानीय सुरिक्षत स्थानमा सरेका छन् । 

मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले बाजुरामा बाढीपहिरोबाट भएको क्षतिको अनुगमन गरेका थिए । 

बाढी-पहिरो

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully