मोरङ — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको बुधबार मृत्यु भएको छ । धरान उपमहानगरपालिका १५ की ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
खोकी लाग्ने, ज्वरो आएको र श्वास फेर्न गाह्रो भएको र उनले दम र हृदय रोगको उपचार गराइरहेको सापकोटाले बताए ।
क्वारेन्टाइनमा बस्ने क्रममा साउन २३ गते स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएपछि २४ गते प्रतिष्ठानमा भर्ना भएको सापकोटाले बताए । योसँगै प्रदेश १ मा संक्रमणले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । जसमा १ हजार १ सय ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
