नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो- समाचार - कान्तिपुर समाचार

नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

याे सँगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २७ हजार २ सय ४१ पुगेकाे छ ।

यसैगरी पछिल्लाे २४ घण्टामा १६० जना काेराेना संक्रमित निकाे भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ जना काेराेना मुक्त भएका छन् ।

यस्तै काेराेनाबाट पछिल्लाे २४ घण्टामा थप ३ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेहरूकाे संख्या १०७ जना पुगेकाे छ ।

मन्त्रालयका अनुसार हाल मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन् ।यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ छ ।

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ५ लाख २९ हजार ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रयाेगशाला अनुसार थपिएका संक्रमितहरू :





प्रकाशित : भाद्र १, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुखको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।

उनीसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । नुवाकोटा जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो ।

‘वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । उहाँसहित सचिवालयको सबैको स्वाब परीक्षण गरिएको थियो ।’ सचिवालयले भनेको छ । सचिवालयले उपसभामुखको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले समुदायलाई कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्न समेत आग्रह गरेको छ । उनको वडाअध्यक्षसँग साउन १७ गते भेटघाट भएको थियो ।

मकवानपुर जिल्लामा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रकाशित : भाद्र १, २०७७ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×