वीरगन्जमा मृत्यु भएका रौतहटका युवकमा कोरोना पुष्टि

श्रावण ३२, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहका अनुसार शनिबार राति ८ बजे मृत्यु भएका रौतहटका ३२ वर्षीय युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । 

शनिबार मृत्यु भएपछि उनको स्वाब संकलन गरि परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । ती युवक क्षयरोगका बिरामी थिए ।

कोरोना भाइरस

भूषण

Link copied successfully