बुटवल — प्रदेश ५ मा आइतबार ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण देखिनेमा सबैभन्दा धेरै ३० जना रुपन्देहीका छन् । यसमध्ये नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको हो ।
थपिएका नयाँ संक्रमितहरु मध्ये प्यूठानका २८,बाँकेका २०,नवलपरासी पश्चिमका ४, कपिलवस्तुका २ र अर्घाखाँचीका एक जना छन् ।
प्रदेशमा अहिलेसम्म ५ हजार ९० जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये ८ सय ३२ जना उपचाररत छन् । जटिल अवस्थाका ११ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रदेश ५ मा १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
