कालीकोटको महावैमा पहिरोले घर पुरियो, ६ जनाको मृत्यु

तुलाराम पाण्डे

कालीकोट — कालिकोटको महावै गाउँपालिका-३ नकुमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति साढे १२ बजे वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोराहरु १३ वर्षीय पुष्प विष्ट र ११ वर्षीय प्रविन विष्ट, छोरीहरु १८ वर्षीया सबिना विष्ट र १५ वर्षीया आशा विष्ट, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुर विष्टका छोरीहरु १९ वर्षीया शान्ति विष्ट र १० वर्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले घटनास्थलबाट मृतकको शव निकालेको पनि डीएसपी ओलियाले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?