त्रिवि शिक्षण अस्पतालमा ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिक कक्ष सिल गरियो 

श्रावण २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा कार्यररत दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. रोहितकुमार पोखरेलले अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनले संक्रमणपश्चात आकस्मिक कक्ष सिल गरिएको बताए ।  अस्पतालमा कार्यरत अरु चिकित्सक तथा नर्सलगायतका स्टाफको पीसीआर परीक्षणको नतिजा आएपछि सेवा सुचारु हुने जानकारी गराए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully