२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

त्रिवि शिक्षण अस्पतालमा ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिक कक्ष सिल गरियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा कार्यररत दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिक कक्ष सिल गरियो 

अस्पतालका निर्देशक प्रा.डा. रोहितकुमार पोखरेलले अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनले संक्रमणपश्चात आकस्मिक कक्ष सिल गरिएको बताए । अस्पतालमा कार्यरत अरु चिकित्सक तथा नर्सलगायतका स्टाफको पीसीआर परीक्षणको नतिजा आएपछि सेवा सुचारु हुने जानकारी गराए ।

प्रकाशित : श्रावण २८, २०७७ २२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?