कोरोनाबाट मोरङमा थप एकको मृत्यु

श्रावण २८, २०७७

मोरङ — मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा बुधबार विराटनगर-५ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । 

ती पुरुष दम र मधुमेह रोगले पीडित थिए । कोरोना संक्रमण पुष्टि भएपछि चार दिनअघि उनलाई उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालको प्रवक्ता डा. लक्ष्मिनारायण यादवले बताए ।

विराटनगर महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५ पुगेको छ । महानगरमा हालसम्ममा ३ सय ५४ जनामा संक्रमण पुष्टि भएको मध्ये ६९ जना निको भएर घर फर्केका छन् । मोरङमा हालसम्म ८ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

कोरोना भाइरस

Link copied successfully