सप्तरीमा थप ३१ जनामा कोरोना संक्रमण

श्रावण २८, २०७७

राजविराज — सप्तरीमा बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय १६ पुगेको छ । 

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बुधबार राजविराज नगरपालिकाका २७ र रुपनी गाउँपालिकाका ४ गरी ३१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

हालसम्म सप्तरीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ४ सय २४ जना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरस

Link copied successfully