बीपी प्रतिष्ठानमा तालाबन्दी गर्न जाँदा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

श्रावण २८, २०७७

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र बुधबार प्रहरी र कांग्रेस तथा नेविसंघका नेता कार्यकर्ताबीच झडप भएको छ ।

तरुण दल र नेविसंघका कार्यकर्ताले उपकलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार लगाएको तालाबन्दी प्रहरीले खोलेपछि बुधबार तालाबन्दी गर्न गएपछि प्रहरीसँग झडप हुँदा केही बेर तनाव ग्रस्त भएको थियो ।

कांग्रेस कार्यकर्ताहरुले कोरोना महामारीको बेला प्रतिष्ठानका पदाधिकारीहरुले संक्रमित उपचारमा गैरजिम्मेवार बनेको र पदाधिकारीहरु ४४ औं सिनेट बैठक बस्‍न काठमाडौं गएको भन्दै तालाबन्दी गर्न गएका थिए ।

प्रहरीले मुख्य प्रवेशद्वार मै रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कोरोना महामारीको बेला प्रवेश नगर्न आग्रह गरेपनि उनीहरु जबरजस्ती नाराजुलुस लगाउँदै प्रतिष्ठानभित्र प्रवेश गरेका थिए । तर तालाबन्दी गर्न नदिएपछि उपकुपति परिसरमा कोणसभा गरेर फर्किएका थिए ।

सम्बन्धित समाचार

आफूहरुले बिहीबार लगाएको तालाबन्दी प्रहरीले तोडेपछि फेरि लगाउन जाँदा प्रहरीले रोकेको कारण विरोधसभा गरेर फर्किएको  तरुण दलका धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले बताए । उनले कुलपति गिरीको गैरजिम्मेवारी रवैयाले धरानवासीहरुले उपचार सेवा पाउनबाट वञ्‍चित हुनुपरेको आरोप लगाए । 

उनले भने, ‘अहिले पनि धरानका संक्रमितहरु घरमा नै बस्‍न बाध्य भएका छन् । साढे ३ महिनाअघि कोभिड-१९ अस्पताल उद्घाटन गरेपनि सञ्‍चालन गर्न नसकेपछि दबाब दिन आएपनि प्रहरीले रोक्यो ।’

कोरोना भाइरस

Link copied successfully