कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराएर काममा खटाउनू : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराएर काममा खटाउनू : स्वास्थ्य मन्त्रालय

बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोभिड-१९को संक्रमण बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र स्वास्थ्यकर्मीबाट सर्वसाधारण संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराइ काममा खटाउन अस्पतालहरुलाई अनुरोध गरेको हो ।

कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीहरु पनि संक्रमित बनिरहेका छन् । मन्त्रालयले अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ राखी नियमित स्वास्थ्य सेवाहरु प्रवाहमा कठिनाई हुन नदिने उपायहरु गर्दै जानुपर्नेमा पनि जोड दिएको छ ।

प्रकाशित : श्रावण २८, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?