१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लामो दूरीका सवारी र हवाई उडान भदौ १५ सम्म बन्द

बिनु सुवेदी

काठमाडौँ — सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण झन् फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो ।

लामो दूरीका सवारी र हवाई उडान भदौ १५ सम्म बन्द

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो ।

'अत्यावश्यक परेर पास बनाएका र बिरामी बाहेक अरूको आवागमनमा कडाइ गर्ने निर्णय भएको छ,' स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कान्तिपुरलाई भने । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु उच्च निगरानीमा रहेको समेत उनले बताएका छन् ।

यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?