२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेपालमा कोराेनाबाट थप ४ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा कोराेनाबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

नेपालमा कोराेनाबाट थप ४ जनाको मृत्यु

बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं –२ बस्ने ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा साउन २५ गते कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनलाई उच्च रक्तचाप तथा प्यारालाइसिसको समस्या रहेको थियो । उनको स्वाब नमुना संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा साउन २५ गते साँझ कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पर्सा जिल्ला वेदियाही गाउँपालिका–१५ बस्ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएको छ । उनी उच्च रक्तचाप तथा हाइपोथाइराडिजमको बिरामी थिइन् ।

त्यसैगरी मृतकमा काठमाडौंकाे मध्य बानेश्वर–१० का ७६ वर्षीय पुरुष रहेका छन् । उनको मेडिकेयर अस्पतालमा साउन २६ गते मृत्यु भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनी निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको बिरामी थिए ।

यसका साथै कीर्तिपुर नगरपालिका ट्याङ्लाफाट निवासी ६४ वर्षीय पुरुषको साउन २६ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मिर्गौलाका दीर्घरोगी थिए । उनको साउन ५ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ जना मृत्यु पुगेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?