काठमाडौँ — विशेष अदालतले थुनुवा जोडिएका बाहेक सबै खालका मुद्दाको सुनुवाइ साउनभर स्थगित गर्ने भएको छ ।
विशेष अदालतले आईतवार एक सूचना जारी गरी एक साताका लागि नियमित मुद्दाका सुनुवाई स्थगित गर्ने निर्णय गरेको हो । तर, मुद्दा दर्ताका साथ अख्तियारको हिरासतमा रहेका व्यक्ति जोडिएका मुद्दाको भने सुनुवाइ हुने अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।
