कोरोनाबाट थप २ को मृत्यु, मृतकको संख्या ७५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

कोरोनाबाट थप २ को मृत्यु, मृतकको संख्या ७५ पुग्यो

कोरोना संक्रमित कास्कीको पोखरा महानगरपालिका-१९ का ६२ वर्षीय पुरुषको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मधुमेहका रोगी ती पुरुषमा साउन १७ गते कोभिड-१९ पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालको आईसीयूमा भर्ना भइ उपचाररत थिए ।

यस्तै, पर्सा वीरगन्ज महानगरपालिका-२ बस्‍ने २० वर्षीया महिलाको शनिबार दिउँसो मृत्यु भएको छ । हाइपो थाइरोडिजमकी बिरामी ती महिलालाई थप उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालममा पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्युपश्चात ती महिलाको स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको मन्त्रालयले बताएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?