नेपालमा थप २५९ जनामा कोरोना, संक्रमितको संख्या २१ हजार ९ पुग्याे

श्रावण २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेकाे संख्या १५ हजार २६ छ ।

पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully