१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्लाज्मा थेरापीको प्रभावकारिता अध्ययनका लागि सरकारले तोक्यो १२ अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिको परिक्षणका लागि १२ वटा अस्पताल तोकेको छ । कोरोना संक्रमितको परीक्षणका लागि सरकारले तीनवटा निजी अस्पताल र ९ वटा सरकारी अस्पताल तोकेको हो ।

प्लाज्मा थेरापीको प्रभावकारिता अध्ययनका लागि सरकारले तोक्यो १२ अस्पताल

निजीमा नेपाल मेडिसिटी अस्पताल , ह्याम्स अस्पताल र ग्राण्डी अस्पताल तोकिएका छन् । त्यसैगरी सरकारी अस्पतालहरुमा धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, भक्तपुर अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल र सेती अस्पताल रहेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीका अनुसार प्लाजा दिने दाता कोरोना उपचारबाट निको भएको हुनुपर्ने , रक्तदान गर्नुपूर्व १४ दिन अगाडि लक्षण नदेखिएको हुनुपर्नेलगायतका प्रावधान छन् । त्यसका साथै प्लाजमा दिने व्यक्ति १८ वर्ष पूरा भएको हुनुपर्ने , अस्पताल भर्ना भइ उपचार हुनुपर्ने र स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने बताइएको छ ।

डा. ज्ञवालीले यो अध्ययनका लागि अहिलेसम्म कोरोना जितेर घर फर्केका २५ जनाले प्लाज्मा दिन इच्छुक भएर नाम लेखाएको समेत जानकारी दिए । डा. ज्ञवालीले कोरोना संक्रमणबाट निको भएका २५ जनाले प्लाज्मा दिन इच्छुक रहेको जनाए ।

यद्यपी यो उपचार विधि पूर्ण रुपमा प्रमाणित सफल उपचार विधि भने होइन । विश्वका धेरै देशहरुमा यस बारे थप अध्ययन तथा अनुसन्धान भइरहेको छ ।

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ ।

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्रकाशित : श्रावण २०, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?