कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

परीक्षणको दायरा फराकिलो

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १४ गतेदेखि कोरोना परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । मन्त्रालयले जारी गरेको नयाँ मापदण्डअनुसार अब कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि केवल पीसीआर तथा एन्टिजेनमा आधारित द्रुत परीक्षण रहेको छ । 

परीक्षणको दायरा फराकिलो

सरकारले नयाँ मापदण्डमा संलग्न गरेको एन्टिजेनमा आधारित द्रुत परीक्षण भनेको पीसीआर परीक्षणसरह नै भएको दाबी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए ।

यस्तै मन्त्रालयले विवादित आरडीटी विधिबाट गरिने एन्टिबडी परीक्षणलाई पनि पूर्ण रुपमा बन्द गरेर त्यसको स्थानमा सेरोलोजी परीक्षण गर्ने बताएको छ ।

‘हाललाई सेरोलोजी परीक्षण भनेको केवल सर्भेलेन्सका लागिमात्रै हो,’ उनले भने, ‘सेरोलोजी परीक्षण भनेको सीएलआईए र ईएलआईएसए विधिबाट गरिने एन्टिबडी परीक्षण हो । जुन आरडीटी परीक्षणभन्दा धेरै भरपर्दो हुन्छ ।’

यस्तै स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउँदै अब ज्वरो, खोकी, स्वास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाह नपाउने र झाडापखालाजस्ता लक्षण देखिएकाहरुको पनि पीसीआर परीक्षण गर्ने भएको छ । यसका साथै संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्टलाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर परीक्षण गरिनेछ ।

डा. पोखरेलका अनुसार अब पैदलमार्गबाट नेपाली सीमाभित्र प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरिने छ र त्यसको रिपोर्टको आधारमा आइसोसनमा क्वारेन्टाइन केन्द्रमा राखिने छ । साथै हवाईमार्गबाट आउनको हकमा भने ५ देखि ७ दिनपछि परीक्षण गरिने छ ।

‘परीक्षणमा पोजिटिभ देखिएर आइसोलेसनमा १४ दिन बसेकाहरुलाई भने पुनः परीक्षण गर्न आवश्यक छैन,’ उनले भने, ‘तर, आइसोलेसनबाट निस्कनुअघि कम्तीमा ३ दिन कुनै लक्षण नदेखिएको हुनुपर्छ ।’

प्रकाशित : श्रावण १८, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?