१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरी प्रधान कार्यालयका थप १४ प्रहरीमा कोरोना संक्रमण

मातृका दाहाल

काठमाडौँ — प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १३ जनामा संक्रमण देखिएको थियो ।

प्रहरी प्रधान कार्यालयका थप १४ प्रहरीमा कोरोना संक्रमण

सोमबार र मंगलबार थप १४ प्रहरीमा संक्रमण पुष्टि भएको प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कुवेर कडायतले बताए । थपिएका संक्रमित सबैलाई बलम्बुस्थित कोरोना डेडिकेटेड एपीएफ अस्पतालको आइसोलेसनमा पठाउन लागिएको एसएसपी कडायतले बताए ।

यसअघि प्रदेश १ मुख्यालय रानी, पर्साको श्रीपुरस्थित वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि प्रहरी युनिट नै सिल गरिसकिएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?