अध्यक्षद्वयबीच छलफल बाँकी रहेको भन्दै नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार बिहानका लागि तय भएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

अध्यक्षद्वयबीच छलफल बाँकी रहेको भन्दै नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ थापाले फेसबुकमा लेखेका छन् । अब अर्को बैठक कहिले बस्छ भन्ने केही खुलाइएको छैन ।

आन्तरिक विवाद बढ्दै गएपछि असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ । सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगित गर्दै आएका नेकपाका दुई पक्ष सम्बन्ध झन् बिग्रिएपछि आ–आफ्नो रणनीतिमा लागेका छन् । दुवै अध्यक्ष आ–आफ्नो टिम बलियो बनाउने ध्याउन्नमा लागेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १३, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?