कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट एक भारतीयसहित थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न् । कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेहका रोगी थिए ।

त्यसैगरी धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

त्यसका साथै मृत्यु हुनेमा बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु त्रिवि शिक्षण अस्प्तालमा उपचारका क्रममा साउन १२ गते मृत्यु भएको हो । उनी मिर्गौला, मष्तिष्कघात तथा निमोनियाबाट ग्रस्त थिए ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।

प्रकाशित : श्रावण १२, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?