यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

श्रावण ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै  बिहीबार दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही  स्थानहरुमा वर्षा भइरहेको पनि विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ८ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,  गण्डकी  प्रदेश र  प्रदेश ५ का एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ९ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १० गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टामा देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि प्रदेश १ र  प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना  रहेको उल्लेख गर्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully