कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गण्डक ब्यारेजको सबै ढोका खोलियो

नवीन पौडेल

नवलपरासी पूर्व — नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो ।

गण्डक ब्यारेजको सबै ढोका खोलियो

नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए । सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्युसेकप्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । तीन लाख क्युसेकप्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेकप्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेकप्रतिसेकेन्ड मात्र वहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गण्डक क्षेत्रको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन र बाढीको पूर्व सूचना प्रवाह गरिएको बताए । तटीय क्षेत्रमा सम्भावित विपत्लाई मध्यनजर गर्दै उद्धारका लागि सुरक्षाकर्मीलाई अलर्टमा राखिएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?