काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा मोरङका ९, इलाम,झापा,नुवाकोट,बाग्लुङ,पर्वत,सल्यान,बारा र कञ्चनपुरका १/१, तेह्रथुम,सर्लाही,गुल्मी,पाल्पा,डडेलधुरा र बझाङ २/२, दैलेखका ५, रुकुम पश्चिमका ३, डोटीका ७ र कैलालीका १३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ११ हजार ८२९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ३ हजार ३३१ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार २७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ८२५ जना रहेको छ ।
यस्तै, मुलुकभर ५ हजार ८ सय २५ संक्रमितहरुको उपचाररत रहेको गौतमले बताए ।
