३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौँ — नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

यसअघि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । नेकपाको आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । यसैबीच शनिबार दिउँसो ३ बजेका लागि नेकपाको सचिवालय बैठक पनि बोलाइएको छ ।

शुक्रबार पनि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?