२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

ओली–दाहाल छलफलमा, स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ — शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । स्थायी कमिटी बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।

ओली–दाहाल छलफलमा, स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि सर्‍यो

१ बजेको बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटारतर्फ हिँडे पनि बैठक स्थगित गरिएको सूचना पाएसँगै घर फर्किएको स्थायी कमिटी सदस्य अष्ठलक्ष्मी शाक्यले बताइन् । अधिकांश स्थायी कमिटी सदस्यले भने बैठक सरेको सूचना नपाएको बताएका छन् ।

केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । उक्त छलफल पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?