पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीन जनाको मृत्यु

श्रावण २, २०७७

प्रतीक्षा काफ्ले

पोखरा — कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । 

उनका अनुसार तीनै जना एउटै कोठामा सुतिरहेका थिए । शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएको प्रहरीले बताएको छ ।  प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको डीएसपी हमालले बताए ।

बाढी-पहिरो

प्रतीक्षा

Link copied successfully