१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोमा २ घर पुरियो, ५ जना बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — बुधबार रातिको अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरोले भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा ५ जना बेपत्ता भएका छन् । राति १ बजेतिर आएको पहिरोले दुई वटा घर बगाएको छ भने विद्यालयसहित फुल्पिङकट्टी गाउँमा ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोमा २ घर पुरियो, ५ जना बेपत्ता

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार पहिरोमा परी फुल्पिङकट्टी गाउँकै ग्याल्जेन शेर्पाको परिवारका ५ जना सदस्य बेपत्ता भएका छन् । फुल्पिङकट्टीकै स्थानीय नोर्साङ शेर्पाको घरसहित पञ्चकन्या आधारभूत विद्यालय पनि पहिरोमा परी भत्किएको उनले जानकारी दिए ।

यसअघि केही दिनअघि भोटेकोसीमा आएको बाढी र पहिरोका कारण कोदारी राजमार्ग क्षतविक्षत भएका कारण उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुग्न गाह्रो भइरहेको छ । अहिले स्थानीय र जनप्रतिनिधि मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण १, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?