कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पहिरोसँगै खसेको ढुंगा फुटाउन नसक्दा अझै खुलेन सिद्धार्थ राजमार्ग 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गमा खसेको पहिरो तीन दिनदेखि पन्छाउन सकिएको छैन । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका दोभान बजार नजिकै तीन दिनअघि खसेको पहिरो पन्छाउन अझैसम्म नसकिएको हो ।

पहिरोसँगै खसेको ढुंगा फुटाउन नसक्दा अझै खुलेन सिद्धार्थ राजमार्ग 

दोभान प्रहरी चौकीदेखि सय मिटर दक्षिणतर्फ पहिरोसँगै खसेको ठूलो ढुंगा फुटाउन कठिन भएकाले सडक खुलाउन नसकिएको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । सडक डिभिजनले समयमै ब्रेकर नपठाएको र डोजरले पनि काम नगर्दा खुलाउन ढिलाइ भएको हो ।

सडक डिभिजनले तीन वटा डोजर, एक्स्काभेटर, लोडर तयारी अवस्थामा रहेको दाबी गरे पनि समयमा व्यवस्थापन गर्न नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । पाल्पातर्फबाट गएका सवारी साधन दोभान, भूतखोलातर्फ नै रोकिएको छ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी शिवु खत्रीले काम जारी रहे पनि ढुंगा ठूला भएकाले पन्छाउन समस्या भएको बताए । उनका अनुसार ब्रेकरले ढुंगा फोर्न नसकिएकाले समस्या भएको हो ।

तीन दिनदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु र सवारी साधनका चालकले सास्ती भोगेका छन् । सडक डिभिजन पाल्पाले समयमै पहिरो पन्छाउन नसक्दा उनीहरुलाई खाना खानसमेत समस्या भएको छ । राजमार्ग छेउका धेरै पसलहरु खुलेका छैनन् । छेउछाउमा चलेका होटल सञ्चालनमा छैनन् । केराबारी, चर्चरे, जोरधारा, झुम्साका होटलहरु नखुल्दा यात्रुहरुले थप सास्ती भोग्नु परेको छ । लकडाउनपछि ती स्थानका सानाठूला होटल खुलेका छैनन् ।

प्रकाशित : असार ३१, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?