२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओली-दाहाल दोस्रो दिन पनि छलफलमा

काठमाडौँ — साउन २ को स्थायी कमिटी बैठक सुचारु र विवाद समाधानको खोजीमा नेकपाका दुई अध्यक्षबीच बुधबार दोस्रो दिन पनि छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । ६ दिनपछि दुवै अध्यक्षबीच मंगलबार छलफल भएको थियो ।

ओली-दाहाल दोस्रो दिन पनि छलफलमा

तर, मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयबस्तु केन्द्रित छलफल भएको थियो । दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।

तर, दुवै अध्यक्षले हतारमा निर्णय नलिने र वार्ता गर्ने बताइरहेका छन् । यस्तोमा नेकपाभित्रको शक्तिसंघर्ष कसरी व्यवस्थापन हुन्छ भन्नेमा सबैको चासो छ ।

प्रकाशित : असार ३१, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?