कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने बालिकामा देखियो कोरोना

काठमाडौँ — कान्ति बाल अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले १३ महिने बालिकामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको जानकारी कान्तिपुरलाई दिए ।

कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने बालिकामा देखियो कोरोना

उनका अनुसार ती बालिका उदयपुर जिल्लाका हुन् । उनलाई असार १४ गते अस्पताल भर्ना गरिएको थियो । बालिकामा रक्तअल्पता र ज्वरोको समस्या थियो ।

डा. पौडेलेका अनुसार कान्तिमा कोरोना पुष्टि भएको पहिलो पल्ट हो । कोरोना पुष्टिपश्चात बालिकालाई शुक्रबार नै बलम्बुस्थित कोभिसशस्त्र प्रहरी अस्पतालमा सारिएको छ ।

शिशुको उपचारमा संलग्न १६ स्वास्थ्यकर्मी र ५ जना बालबालिकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको डा पौडेलले जानकारी दिए । हालसम्म कान्ति अस्पतालमा १९६ जनाको पीसीआर परीक्षणको लागि नमुना संकलन गरिएको छ ।

प्रकाशित : असार २०, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?