नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या २ हजार ६१

काठमाडौँ — नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या २ हजार ६१

मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बताए ।

हालै मात्रै सुदूरपश्चिम प्रदेशमा मात्रै १ सय ७५ जना बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको उमेर ९ वर्षभन्दा कम रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका सबै बालबालिकाहरु आफ्ना आमाबुवासँगै भारतबाट फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमणबाट मुलुकका केही स्थानहरुमा बालबालिकाहरुको समेत मृत्यु भएकाले उनीहरुलाई संक्रमणबाट जोगाउनका लागि आमाबुवा र अभिभावकको मुख्य जिम्मेवारी हुने गौतमले बताए । बालबालिकाहरुलाई कोरोना संक्रमण हुन नदिन उनीहरलाई सकेसम्म घरमै राख्‍ने र भीडभाडमा जान नदिन प्रवक्ता गौतमले आग्रह गरे ।

बालबालिकाहरुलाई घरबाट बाहिर जानै परेका अभिभावक र बालबालिका दुवैले मास्क लगाउने र अरुसँग २ मिटरको दुरी कायम गर्न गौतमले आग्रह गरेका छन् । आमाबुवालाई कोरोना संक्रमण भएको छ भने बालबालिकालाई सर्न नदिन उनीहरुबाट अलग्गै बस्न पनि उनले आग्रह गरे ।

प्रकाशित : असार १७, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?