रुपन्देही र डडेलधुरामा सलहको नयाँ झुन्ड

राजु चौधरी

काठमाडौँ — रुपन्देहीमा  र डडेल्धुरामा सलहको नयाँ झुन्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सुचना अधिकारी रामकृष्ण सुवेदीका सोमबार करिब ४ बजेतिर प्रवेश गरेका झुन्ड ठूलो रहेको बताए ।

रुपन्देही र डडेलधुरामा सलहको नयाँ झुन्ड

उनले उक्त झुन्डमा करिब १२/१५ लाखको संख्यामा सलह रहेको बताए ।उक्त झुन्ड टुक्रिएर दाङदेखि रोल्पासम्म सलह पुगेको बताए ।

‘सलहको ठूलो झुण्ड रुपन्देहीबाट छिरेको थियो । त्यहाँ बस्‍न खोज्दा किसानले धपाएर तितर/बितर पारे । ठूलो झुण्ड टुक्रिएर अर्घाखाची, प्यूठान र दाङतिर गएको छ,’ सलह सूचना केन्द्रका संयोजक समेत रहेका सुवेदीले भने, ‘दाङ प्रवेश गरेको झुण्ड ३ ग्रुपमा टुक्रिएर लमही, रोल्पा गएको देखिन्छ । करिब ४ टुक्रामा फैलिएको देखिन्छ ।’

केन्द्रका अनुसार दाङको लमहीमा करिब २ लाखको संख्यामा रहेको जनाएको छ । पश्चिम भारतबाट उत्तरखण्ड जाने क्रममा डडेल्धुरामा पनि सलह प्रवेश गरेको सुबेदीले बताए ।

‘डेडल्धुरामा करिब ४ सय हाराहारीमा प्रवेश गरेको अनुमान छ,’ उनले भने । केन्द्रका अनुसार पश्चिमतर्फ सलहको ठूलो मुस्लो देखिएको छ । सलहका केही झुन्ड अझै आउने सम्भावना देखिएको जनाएको छ । ‘झुन्ड देखेर किसान आत्तिएका छन,’ सुवेदीले भने, ‘कुनै तयारी अपनाएर/सलह भगाउने प्रयास गरिरहेका छौ ।’

प्रकाशित : असार १६, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?