रुपन्देही र डडेलधुरामा सलहको नयाँ झुन्ड

असार १६, २०७७

राजु चौधरी

काठमाडौँ — रुपन्देहीमा  र डडेल्धुरामा सलहको नयाँ झुन्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सुचना अधिकारी रामकृष्ण सुवेदीका सोमबार करिब ४ बजेतिर प्रवेश गरेका झुन्ड ठूलो रहेको बताए ।

उनले उक्त झुन्डमा करिब १२/१५ लाखको संख्यामा सलह रहेको बताए ।उक्त झुन्ड  टुक्रिएर दाङदेखि रोल्पासम्म सलह पुगेको बताए । 

‘सलहको ठूलो झुण्ड रुपन्देहीबाट छिरेको थियो । त्यहाँ बस्‍न खोज्दा किसानले धपाएर तितर/बितर पारे । ठूलो झुण्ड टुक्रिएर अर्घाखाची, प्यूठान र दाङतिर गएको छ,’ सलह सूचना केन्द्रका संयोजक समेत रहेका सुवेदीले भने, ‘दाङ प्रवेश गरेको झुण्ड ३ ग्रुपमा टुक्रिएर लमही, रोल्पा गएको देखिन्छ । करिब ४ टुक्रामा फैलिएको देखिन्छ ।’

केन्द्रका अनुसार दाङको लमहीमा करिब २ लाखको संख्यामा रहेको जनाएको छ । पश्चिम भारतबाट उत्तरखण्ड जाने क्रममा डडेल्धुरामा पनि सलह प्रवेश गरेको सुबेदीले बताए ।

‘डेडल्धुरामा करिब ४ सय हाराहारीमा प्रवेश गरेको अनुमान छ,’ उनले भने । केन्द्रका अनुसार पश्चिमतर्फ सलहको ठूलो मुस्लो देखिएको छ । सलहका केही झुन्ड अझै आउने सम्भावना देखिएको जनाएको छ । ‘झुन्ड देखेर किसान आत्तिएका छन,’ सुवेदीले भने, ‘कुनै तयारी अपनाएर/सलह भगाउने प्रयास गरिरहेका छौ ।’

सलह

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully