कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाराबाट टुक्रिएको सलहको झुन्ड मकवानपुर हुँदै काठमाडौं आयो

काठमाडौँ — भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।

बाराबाट टुक्रिएको सलहको झुन्ड मकवानपुर हुँदै काठमाडौं आयो

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीले असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेको कान्तिपुरलाई बताए ।

उनले भने, 'बाराबाट झुन्ड टुक्रिएर मकवानपुर पुग्यो । त्यहाँबाट पनि टुक्रिएर चितवन पुगेको छ र चितवनबाट उक्त झुन्ड टुक्रदै धापाखेल हुँदै उपत्यका प्रवेश गरेको हो ।' सुवेदीका अनुसार हावाको बहावसँगै चितवनबाट टुक्रिएको झुन्ड मकवानपुरको डाँडामाथि हुँदै काठमाडौं प्रवेश गरेको हो ।

सलहका झुन्ड सानो भएकाले ती झुन्डहरुले अहिलेसम्म कतै क्षति नगरेको उनले बताए । बसेको ठाउँमा खानेकुरा खाने गरे पनि पहाडी क्षेत्रमा पुगेको सलहको झुन्ड जंगलमा क्षेत्रमा बास बस्‍ने गरेको उनले सुनाए ।उपत्यकामा देखिएका सलहरुलाई कागलगायत चराचुरुंगीहरुले आहारा पनि बनाएका छन् ।


ललितपुर कुपण्डोलको आकाशमा आइपुगेको सलहलाई चुचोमा च्यापेर उड्दै गरेको काग । तस्बिर : इलिट जोशी

प्रकाशित : असार १६, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?