२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालमा ३ हजार १३४ कोरोना संक्रमित निको भए

काठमाडौँ — थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

नेपालमा ३ हजार १३४ कोरोना संक्रमित निको भए

२४ घन्टामा डिस्चार्ज हुनेहरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १ , पर्साका २३ , अल्पमाई नर्सिङ इन्स्टिच्युटबाट १३ , कोभिड अस्पताल जनकपुरबाट धनुषाका ३ , महेन्द्र गेनाइ सिरहाबाट १४ , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कास्कीका २, म्याग्दी अस्पतालबाट ३ , पर्वत अस्पतालबाट ८ , स्याङजा अस्पतालबाट ३३ , तनहुँ अस्पालबाट ५ , नुवाकोट अस्पतालबाट ८ , सुशील कोइरला प्रखर क्यान्सर अस्पतालबाट २ , आदर्शनगर आइसोलेसन सेन्टर बाँकेबाट ३ र आइसोलेसन सेन्टर खुजरा बाँकेबाट ३ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १ हजार ८२२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख २३ हजार ६३० परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ७९१ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३६८ जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ८५ जना रहेको छ ।

प्रकाशित : असार १५, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?