बुटवलबाट थप ७ जना डिस्चार्ज

असार १५, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको कोरोना विशेष अस्पतालबाट सोमबार ७ संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये ३ जना आईसीयू र अन्य ४ आइसोलेसनका रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

घर जानेमा कोरोना विशेष अस्पतालबाट रिफर भई आएका दाङका मधुमेह र निमोनिया समेत देखिएका बिरामी सहित दाङका अर्का १ जना, रुपन्देहीका १, गुल्मीका १, नवलपरासीका २, र कपिलवस्तुका १ जना पुरुष रहेको डा थापाले बताए । 

अहिले अस्पतालको आईसीयूमा २ र आइसोलेसनमा ८ जना बिरामी उपचाररत रहेको उनले बताए । घर पठाइएका बिरामीलाई सेल्फ क्वारेन्टाइनमा बस्न र स्वास्थ्यका नियम पालना गर्न भनिएको उनले बताए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully