प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट [पूर्णपाठ]

काठमाडौँ — प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट [पूर्णपाठ]

प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।

अगामी आर्थिक वर्षको बजेटमा बजेट खर्च आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ ।

प्रदेश सरकारको खर्च नभएर नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार रुपैयाँ बजेटमा समेटिएको छ ।

बजेटको पूर्णपाठः

प्रकाशित : असार १, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?