फेरि थपिए २१३ कोरोना संक्रमित  

संक्रमितको संख्या ३ हजार ४ सय ४८

जेष्ठ २५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् ।

योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

संक्रमित हुनेमा सर्लाहीका ७५ जना, सल्यानका २८, सुर्खेतका २०,  झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना,   कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका ३ जना, कपिलवस्तुका १० जना, दैलेखका ३ जना, महोत्तरीका ५ जना,  सिन्धुपाल्चोकका १ जना, उदयपुरका ३ जना,  बाँकेका ३, बर्दियाका १, कैलालीका ५, गोरखाका १०, बागलुङका १० स्याङ्जाका १४ र नवलपरासी पूर्वका ४ जना रहेका छन् । 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६७ रहेको छ । 

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन् ।

कान्तिपुर

Link copied successfully