कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नेकपालाई कांग्रेसका प्रमुख सचेतकको प्रश्‍न : असफल सरकार र प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकका हरेक एजेन्डामा असफल भइसकेकाले परिवर्तन गर्न प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तारुढ दल नेकपालाई सुझाव दिएका छन् ।

नेकपालाई कांग्रेसका प्रमुख सचेतकको प्रश्‍न : असफल सरकार र प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने?

उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपालाई प्रश्न गरे, 'कोरोना व्यवस्थापन, बाढी पहिरो व्यवस्थापन, प्रशासन व्यवस्थापन लगायतमा पूर्ण रूपमा सरकार असफल भएको छ । प्रधानमन्त्री असफल हुनुभएको छ । सत्तासिन पार्टी असफल नबनोस् । त्यसकारण असफल सरकारलाई कतिसम्म बोक्ने ? असफल प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने ?'

मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै खाँणले खाँणले सरकार असफल भएकाले बदल्न सचेतक खाँणले नेकपालाई सुझाव दिएका हुन् । सरकार तथा प्रधानमन्त्री असफल भएपनि मुलुक असफल हुन नसक्ने भन्दै असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिँड्न पनि सत्तापक्षका सांसदहरूलाई उनले सुझाव दिएका हुन् । उनले थपे, 'सत्तासिन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार हुनुहोस् । मुलुक असफल हुन सक्क्तैन । सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, मुलुक असफल हुनुहुँदैन । सत्तासिन पार्टीले गम्भीर निर्णय गरोस् ।'

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकाले आवश्यक बजेट छुट्याउन पनि खाँणले माग गरेका छन् । उनले भने, 'कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । सांसदको लोगोमा पनि हामीले परिस्कृत गरेका छौं । तर सरकारको सबै मन्त्रालयको बजेटमा हेर्यौं हामीले । कहीँ पनि त्यसका लागि बजेट छुट्याइएको छैन । के कागजमा मात्रै ल्याउन खोजेको हो लिम्पियाधुरा, लिपुलेक र कालापानी ?'

मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै खाँणले सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिएका थिए । उनले भने, 'हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने !' त्यस्तै, विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क बढाउने सरकारको निर्णयको पनि उनले आलोचना गरेका छन् ।

'तीन वर्षभित्र काठमाडौं उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो वर्षमा विद्युतीय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै बर्हिगमन गर्ने ?,' अर्थमन्त्री युवराज खतिवडालाई खाँणको प्रश्न थियो ।

प्रकाशित : जेष्ठ २५, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?